दफा १९
अपाङ्गता भएका महिलाको अधिकार
: (१) नेपाल सरकारले अपाङ्गता भएका महिलाको अधिकारको संरक्षण गर्न तथा उनीहरुको ज्ञान, सीप तथा क्षमताको उच्चतम उपयोगका लागि उपयुक्त वातावरण निर्माण गर्न तोकिए बमोजिम आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका महिलाको विशेष अवस्थालाई ध्यानमा राखी उनीहरुको स्वास्थ्य तथा प्रजनन् अधिकारको संरक्षणको लागि आवश्यक व्यवस्था गर्नु पर्नेछ ।